रुसलाई सुरक्षा परिषदबाट हटाउनुपर्ने जेलेन्स्कीको माग

Advertisement

एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसलाई संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको स्थायी सदस्यबाट हटाउनुपर्ने शर्त अघि सारेका छन् । सुरक्षा परिषदको बैठकमा भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले त्यस्तो सुझाव दिएका हुन् । 

विरुद्ध अन्तर्राष्ट्रियस्तरमा सुनुवाइ गरिनुपर्ने भन्दै जेलेन्स्कीले मस्कोलाई राष्ट्रसङ्घको सुरक्षा परिषद्‌बाट अलग गरिनुपर्ने बताए । युक्रेनविरुद्ध रुसले आक्रमण सुरु गरेपछि पहिलो पटक उनले सुरक्षा परिषद्‌मा बोलेका हु्न् । 

Advertisement

यता रुसी फौजले युक्रेनको बुचा नगरमा सामुहिन नरसंहार गरेर युद्ध अपराध गरेको भन्दै पश्चिमा अमेरिका र युरोपेली सङ्घले मस्कोविरुद्ध थप प्रतिबन्धहरू लगाउने तयारी गरेको छ । ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले अमेरिकाले रुसमा नयाँ लगानीमाथि प्रतिबन्ध लगाउने, रुसी वित्तीय संस्थाहरू, क्रेम्लिनका अधिकारी र तीनका परिवारमाथि थप प्रतिबन्ध घोषणा गर्ने बताएकी छन् । 

बुचामा तीनसयभन्दा बढी सर्वसाधारणलाई यातना दिइएको र मारिएकोु युक्रेनी राष्ट्रपति जेलेन्स्कीको दाबी छ । त्यसप्रति जवाफदेही बनाउन मस्कोलाई सुरक्षा परिषदबाट हटाउनुपर्ने उनको तर्क छ । 

Advertisement

Advertisement