छोराछोरीभन्दा बाबुआमा बढी नक्कले बन्ने प्रवृत्तिले अर्थतन्त्रमा संकट आयोः बाबुराम भट्टराई

Advertisement

काठमाडौं । पूर्वअर्थ तथा प्रधानमन्त्री बाबुराम भट्टराईले छोराछोरीभन्दा बाबुआमा बढी नक्कले बन्ने प्रवृत्तिको अहिले अर्थतन्त्रमा संकट आएको औंल्याएका छन् । 

ट्वीट गर्दै उनले आम्दानीभन्दा बढी खर्च गर्ने, बेच्नेभन्दा किन्ने धेरै र अर्काले घोडा चढ्यो भने आफू धुरी चढ्ने प्रवृत्ति नेपालमा मौलाएको भन्दै यसमा राजनीतिक नेतृत्व पनि उत्तिकै जिम्मेवार रहेको बताएका छन् । 

Advertisement

बाबुराम लेख्छन्, ‘घरपरिवार र देशको अर्थतन्त्रको नियम उस्तै हो।आम्दानी भन्दा खर्च बढीसबेच्ने भन्दा किन्ने धेरै, अर्काले घोडा चढ्यो भनेर आफू धुरी चढ्ने, छोराछोरीभन्दा बाबुआमा बढी नक्कले बन्ने ! अनि संकट आउॅदैन ? घरमुली र देशको नेतृत्व जिम्मेवार बनौं ! यति महॅगा र धेरै गाडी ? यति भोजभतेर, गरगहना, बचत–लगानी खै ?’

Advertisement

Advertisement