काठमाडौं । सिद्धार्थ बैंकले शहीद स्मारक बि डिभिजन फुटबल प्रतियोगितामा सहभागी काठमाडौंस्थित बाँसबारी क्लबलाई चार लाख रुपियाँ प्रदान गरी प्रायोजन गरेको छ ।
सोसम्वन्धी सहमतिपत्रमा बैंकका प्रमुख भ्याली रिसोर्सेस प्रदीप पन्त र बाँसबारी क्लबका अध्यक्ष प्रेम थापाले हस्ताक्षर गरेका छन् ।
खेलाडीहरूको हितलाई मध्यनजर गर्दै सो रकम खेलाडीहरूको खेल तयारी र आवश्यक खेल सामग्री खरीद गर्न प्रदान गरिएको बैंकको भनाई छ । सिदार्थ बैंकले विगतदेखि नै विभिन्न खेल तथा खेलकुद प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ ।
यस सहमतिले खेलाडीहरूमाझ खेलप्रति थप उत्साह थप्ने। खेलाडीहरुलाई खेलमा उत्प्रेरित गर्ने र खेलाडीहरुको विकासमा योगदान पुग्ने बैंकको भनाई छ ।