‘गठवन्धनको उम्मेदवारलाई सघाउँछु’ भनेर वक्तव्य निकाले बागीलाई माफी दिइने

Advertisement

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको आधिकारिक उम्मेदवारलाई सघाउने वक्तव्य निकाल्ने बागी उम्मेदवारलाई कारबाही नगर्ने सो पार्टीका एक नेताले बताएका छन् । 

आइतवार कांग्रेस पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा सो  पार्टीका नेता प्रकाशशरण महतले पार्टीको निर्देशन विपरित उम्मेदवारी दिने व्यक्ति पार्टी विधान अनुसार स्वत्ः पार्टीबाट निष्काशित हुने भए पनि पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा वक्तव्य निकाल्ने बागी उम्मेदवारलाई पार्टीबाट निष्काशन नगरिने बताएका हुन् । 

Advertisement

उनले प्राविधिक कारणले समयमै उम्मेदवारी फिर्ता लिन नसक्नेहरुले आधिकारिक उम्मेदवारको पक्षमा वक्तव्य निकारेर प्रचारमा गएमा बिधानको व्यवस्था अनुसार नहुने उल्लेख गरे । महतले पार्टी र गठबन्धनको निर्णय अनुसारको आधिकारिक उम्मेदवारको पक्षमा आउन पनि बागी उम्मेदवारहरुलाई आग्रह गरे । 

महतले भने, ‘हाम्रो विधानको व्यवस्था अनुसार जसले पार्टीको निर्देशन विपरित उम्मेदवारी दिन्छ, स्वत्ः पार्टीबाट निष्काशित हुने व्यवस्था छ । तर पनि प्राविधिक कारणले पछिल्लो समयसम्म तालमेलमा मिलाउनुपर्ने कारणले समयमा उम्मेदवारी फिर्ता दिन सक्नुभएन, प्राविधिक कारणले । पछि पार्टीको निर्देशनमा जसले वक्तव्यमार्फत् र पूरै समर्पित भएर आधिकारिक उम्मेदवारको पक्षमा जसले आफ्नो उम्मेदवारी फिर्ता लिनुहुन्छ, र आधिकारिक उम्मेदवारको पक्षमा प्रचारमा जानुहुन्छ उहाँहरुलाई जुन विधानको व्यवस्था छ त्यसलाई किनभने पार्टीको पक्षमा काम गरिसकेको हुनाले त्यो लागु नगर्ने कुराहरु हामी गर्छौ ।’

प्रवक्ता महतले स्थानीय तह निर्वाचनमा तालमेल सफल भएको दावी पनि गरे । उनले कतिपय ठाउँमा स्थानीय अवस्थाका अनुसार तालमेलमा असन्तुष्टि देखिए पनि आम रुपमा हेर्दा गठबन्धन सफल भएको तर्क गरे । महतले बागी उम्मेदवार पार्टी निर्णयको पक्षमा आउने विश्वास व्यक्त गरे । 

Advertisement

Advertisement