चन्द्रपुरको मेयर पदका उम्मेदवार दाहालको यस्तो छ ३० वर्षे राजनीतिक यात्रा

Advertisement

चन्द्रपुर । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकाका स्थायी वासिन्दा बाबुराम दाहाल पचासको दशकदेखि नै राजनीति/सामाजिक क्षेत्रमा सक्रिय छन् । स्कूले जीवनदेखि नै राजनीतिमा सक्रिय उनको राजनीतिक यात्राले ३० वर्ष छुन थालिसकेको छ । 

यो ३० वर्षे अवधिमा उनी राजनीतिक र सामाजिक विभिन्न गतिविधिमा संलग्न रहँदै विभिन्न पदमा रहेर नेतृत्व पनि गरे । उनी जुन जुन संस्था र कमिटीहरुमा रहे, उनको नेतृत्व गरेका सफल ठहरिएको छ ।

Advertisement

४० वर्षे यी युवा चन्द्रपुर क्षेत्रमा सादा जीवन बिताइरहेका छन् । के युवा, के महिला, के दलित जनजाति, के विपन्न वर्ग, के खेलकुद क्षेत्र, जुनसुकै भाषाभाषी र धार्मिक समुदायमा उनी परिचित छन् । मिलनसार, बौद्धिक, कुटनीतिक, भिजन भएको युवा नेता, कुशल संगठनकर्ता र प्रष्ट वक्ताको रुपमा आफ्नो परिचय स्थापित गरेका छन् ।

तत्कालीन अवस्थामा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वमन्त्री डा. बंशीधर मिश्र र संबिधान सभा सदस्य रामकुमार भट्टराईलाई आफ्नो क्षेत्रबाट संसद निर्वाचित गराउँदा उनले युवा परिचालनको सफल नेतृत्व गरेका थिए । स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारहरुलाई निर्वाचित गराउन उनी दिलो ज्यान दिएर सक्रिय रहँदै आए ।

विगतमा २०७४ सालको स्थानीय तह निर्वाचनमा उनले त्यतिबेला उनी संगठित रहेको पार्टी नेकपा एमालेको तर्फबाट चन्द्रपुरको मेयर पदका लागि टिकट पनि पाए, तर पार्टी भित्रको द्वन्द्वका कारण उनी अन्तिम अवस्थामा आएर मनोनयन दर्ता गराउनबाट बञ्चित रहे । 

अहिले उनै बाबुराम दाहाल नेकपा एकीकृत समाजवादीका रौतहट जिल्ला सचिवालय सदस्य र चन्द्रपुर नगर कमिटीका अध्यक्ष छन् । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उनी ‘कलम’ चिन्ह लिएर चन्द्रपुरको मेयर पदमा चुनावी प्रतिष्पर्धामा होमिएका छन् । 

अहिलेका मेयर पदमा उम्मेदवारी दिएकाहरु मध्ये सबैले उनै बाबुरामलाई योग्य उम्मेदवारका रुपमा ब्याख्या गर्ने गरेका छन् । भित्रभित्रै ‘पार्टी होइन, व्यक्ति रोजौँ, हाम्रा मात्रै होइन राम्रा रोजौँ’ भन्ने अभियान समेत चन्द्रपुरमा चलिरहेको थरातलीय यर्थात हो । 

को हुन् बाबुराम दाहाल ? 
चन्द्रपुर नगरपालिकाका स्थायी वासिन्दा बाबुराम दाहालको जन्म २०३८ साल भदौ २० गते भएको हो । बुबा भवनाथ दाहाल र माता साइलीमाया दाहालको कोखबाट उनको जन्म भएको हो

चन्द्रपुर ४ ठाडाटोलमा रहेको दुर्गा माध्यमिक विद्यालयबाट उनले २०५३ सालमा एसएलसी उत्तीर्ण गरेका हुन् । शिक्षाको कुरा गर्दा उनले स्नातक तहसम्म अध्ययन गरेका छन् । 

यस्तो छ राजनीतिक यात्राः
तत्कालीन अवस्थामा नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूमा संगठित हुँदै उनको राजनीतिक यात्रा शुरु भएको हो । उनले २०५० सालमा अनेरास्ववियूको दुर्गा मावि प्रारम्भिक कमिटीको सचिव भएर विधार्थीहरुको हकहितको पक्षमा आवाज उठाए । 

उनी २०५३ सालमा अनेरास्ववियूको रौतहट जिल्ला सचिव, २०५४ सालमा नारायणी अञ्चल सदस्य भएर विधार्थी राजनीतिमा सक्रिय रहे । 

त्यसपछि पनि उनी राजनीतिमा सक्रिय रहे । २०६२ सालमा नेकपा एमालेकै युवा संगठन प्ररायू संघको जिल्ला संयोजक भई युवाहरुको नेतृत्व गरे र २०६३ सालमा सो संगठनको जिल्ला अध्यक्ष भई पार्टीको कर्मठ सिपाहीको रुपमा भूमिका निर्वाह गरे । 

त्यसपछि २०६४ सालबाट उनले पार्टी कमिटीमा रहेर काम गर्न थाले । उनी २०६४ सालमा तत्कालीन नेकपा एमालेको जिल्ला कमिटी सदस्य र २०६५ मा क्षेत्रीय कमिटी अध्यक्ष भई २ कार्यकालसम्म नेकपा एमालेको क्षेत्रीय राजनीतिमा सक्रिय र सफल नेतृत्व गरे । 

नेकपा एमालेबाट बिद्रोह पछि बनेको नेकपा एकीकृत समाजवादीको हाल उनी जिल्ला सचिवालय सदस्य र चन्द्रपुर नगर अध्यक्ष छन् । २०६२÷०६३ को जनआन्दोलनमा सक्रिय रुपमा सहभागिता र नेतृत्व गर्दै लोकतन्त्र स्थापनाका लागि महत्वपूर्ण योगदान दिएका व्यक्ति हुन् बाबुरा दाहाल । 

सामाजिक संघसंस्थामा संलग्नताः
उनले राजनीति क्षेत्रमा सक्रियतासँगै सामाजिक संघसंस्थामा रहेर पनि देश र समाजको लागि योगदान दिएका छन् । उनले सामुदायिक वन उपभोक्ता महासंघको जिल्ला अध्यक्ष, तीन कार्यकालसम्म दुर्गा मावि ठाडाटोल विद्यालय व्यवस्थापन समितिको अध्यक्ष, प्रदेश फुटबल संघ मधेस प्रदेश सदस्य र जनज्योति बहुमुखी क्याम्पस सञ्चालक समितिको उपाध्यक्ष भई सामाजिक कार्यमा आफ्नो अर्थपूर्ण सहभागिता जनाए । 

उपलब्धी/सफलताः 
यसरी सामाजिक कार्यहरुमा संलग्न रहँदा दुर्गा माविको भव्य पक्की भवन निर्माण, जनज्योति बहुमुखी क्याम्पसलाई ऋणमुक्त बनाई नाफामा ल्याउन र महिला फुटबलको क्षेत्रमा चन्द्रपुरलाई प्रख्यात बनाउनसमेत उल्लेख्य भूमिका निर्वाह गरेका छन् । साथै सामुदायिक वनको दोहोरो कर बिरुद्धको आन्दोलनको नेतृत्व समेत उनले गरेका थिए । उनी जुन जुन संस्थामा रहे, त्यहाँ अब्बल काम गर्न सफल भएका छन् ।  
 

Advertisement

Advertisement