युक्रेनमा बस दुर्घटनामा कम्तीमा १६ जनाको मृत्यु

Advertisement

किभ । युक्रेनमा मंगलबार भएको एक बस दुर्घटनामा परी कम्तीमा पनि १६ जनाको ज्यान गएको छ । 

पश्चिमी युक्रेनको सिटने भन्ने स्थानमा एक यात्रुबाहक बस र इन्धन बोकेको ट्रक एक आपसमा ठोकिएका थिए । त्यस क्रममा बसमा रहेका १६ जना यात्रुको निधन भएको थियो भने अरु ६ जना घाइते भएका थिए । 

Advertisement

स्थानीय समयानुसार मंगलबार साँझ ७ः२० मा सो दुर्घटना भएको  युक्रेनको प्रहरीले जनाएको छ । अहिले सो दुर्घटना भएको किभ चोप राजमार्ग बन्द भएको छ । प्रहरीले उक्त राजमार्ग बन्द गरेर अनुसन्धान थालेको जनाएको छ । रासस÷सिन्ह्वा

Advertisement

Advertisement