एसईई दिएर बसेका र नव विवाहित जोडीलाई अन्नपूर्ण केबुलकारमा विशेष छुट

Advertisement

काठमाडौँ । एसईई दिएर बसेका छात्रछात्राहरुलाई अन्नपूर्ण केबुलकारले ५० प्रतिशत छुट प्रदान गर्ने भएको छ । 

यस योजनामा सहभागी हुनका लागि विद्यार्थी छात्रछात्राहरुले यसवर्ष एसईई परीक्षामा सामेल भएको प्रवेश पत्र अनिवार्य देखाउनु पर्नेछ । यो योजना वैशाख ३० सम्म लागु हुने जनाइएको छ ।

Advertisement

साथै, नव विवाहित जोडीका लागि पनि अन्नपूर्ण केबुलकारले विशेष अफरको घोषणा गरेको छ । जस अन्तरगत १ टिकटको खरिदमा अर्काे एक केबुलकार टिकट निःशुल्क प्रदान गर्नेछ । 

यस योजनामा सहभागी हुन नव विवाहित जोडीले आफू विवाहित भएको विवाह कार्ड अनिवार्य देखाउनु पर्नेछ । यो योजना २०७९ असार मसान्तसम्म लागु हुने केबुलकार व्यवस्थापनले जनाएको छ ।
 

Advertisement

Advertisement