भारतीय सुरक्षाकर्मीसहित ‘इण्डियन एयरफोर्सको जहाज बिहानै भैरहवा विमानस्थलमा

Advertisement

बुटवल । भारतीय वायुसेना (इण्डियन एयरफोर्स)को जहाज बुधबार बिहानै भारतीय सुरक्षाकर्मी लिएर गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आएको छ । 

बिहान साढे ८ बजे आइपुगेको उक्त जाहज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आसन्न नेपाल भ्रमणलाई लक्षित गरेर आएको जनाइएको छ । मोदी बुद्ध जयन्तीका दिन जेठ २ गते लुम्बिनी आउने कार्यक्रम छ । 

Advertisement

समाचारअनुसार मोदीको भ्रमणको सुरक्षा व्यवस्था मिलाउन भारतीय वायुसेनाको जहाज आएको हो । यसरी सैनिक जहाज आउनु अनधिकृत भए पनि शेरबहादुर देउवा प्रशासनले भने कुनै प्रतिक्रिया जनाएको छैन् । 

सुरुमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नासाथै उठेको उक्त जहाज पछि भैरहवा विमानस्थलमा पुगेर अवतरण गरेको थियो । पहिलो पटक अलजजिरा एयरको जहाजले गौतम बुद्ध विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय विमान सेवाको रुपमा अवतरण गर्ने बताइरहेको बेला त्यसलाई उछिन्दै भारतीय वायुसेनाको अवतरण गरेको हो ।

Advertisement

Advertisement