माओवादीको कुटाईबाट कांग्रेसका वडाअध्यक्ष उम्मेवार गम्भीर घाइते

Advertisement

रुपन्देही । गुल्मीको धुर्कोट गाउँपालिका ४ जैसीथोकका अध्यक्षका उम्मेदवार गोपाल थापालाई माओवादी केन्द्रका कार्यकर्ताले कुटपिट गरेका छन् । 

माओवादीका गाउँपालिका अध्यक्षका उम्मेदवार भुपाल पोखरेलको निर्देशनमा थापालाई कुटपिट गराएका हुन् । मतपेटिका संकलन भइसकेपछि साथीहरुसँग गफ गरेर बसेको बेला माओवादीका कार्यकर्ता आएर थापासहित उनका साथीहरुलाई कुटेका थिए । 

Advertisement

उनीहरुमाथि रक्सीको बोतल, हेल्मेट, ढुंगा र फलामका रडले आक्रमण गरिएको प्रत्यक्षदर्शीहरुको भनाई छ । आक्रमणमा थापा गम्भीर घाइते भएका छन् । थापामाथिको आक्रमण रोक्न खोज्दा निरन्जन कुवँरगायतका चार जना घाइते भएका हुन् । 

स्थानीय गणेश भण्डारीका अनुसार माओवादीका नेता एवम् पालिका अध्यक्षका प्रत्यासी पोखरेलको निर्देशनमा माओवादीका कार्यकर्ताले एक्कासी आएर आक्रमण गरेका हुन् । स्थानीय कांग्रेसले दोषीहरुलाई पक्राउ गरी कारवाही गर्न माग गरेको छ । 

Advertisement

Advertisement