देउवाको आफ्नै गृह वडामा हार्यो कांग्रेस

Advertisement

डडेलधुरा । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको वडामै कांग्रेस उम्मेदवार पराजित भएका छन् । 

गन्यापधुरा गाउँपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेस (विपी)का नरेश भण्डारी निर्वाचित भएका छन् । भण्डारीले ६७३ मत पाए भने कांग्रेसका चन्द्रबहादुर देउवाले ५४४ मत पाए । देउवाले आफ्नै जिल्लाका नेता तथा साँसद कर्णबहादुर मल्ललाई कारवाही गर्दै पार्टीबाट निकालेपछि स्थानीय कांग्रेस कार्यकर्ता रुष्ट भएका थिए । 

Advertisement

चन्द्रबहादुरलाई जिताउन प्रधानमन्त्री देउवा आफै वडामा पुगेर मतदान गरेका थिए भने उनकी पत्नी आरजुले पनि उनलाई जिताउन जोडबल गरेकी थिइन् । तर देउवासँग असन्तुष्ट भएको मल्ल पक्षले नेकपा एमालेसँग तालमेल गरेर कांग्रेस बीपीको चुनाव चिन्हमार्फत् उम्मेदवारी दिएको थियो । 

वडामा कांग्रेस पराजित भए पनि गाउँपालिकामा भने कांग्रेसले अग्रता लिएको छ । पछिल्लो परिणामअनुसार कांग्रेसका इन्द्रबहादुर काकीृले एक हजा। ३२ मत पाएका छन् भने कांग्रेस बीपीका सुरेन्द्रबहादुर मालीले ४९९ मत पाएका छन् । त्यस्तै, उपाध्यक्षमा कांग्रेसकी ज्ञानुकुमारी सेटीले ९८९ मत पाएकी छिन् भने एमालेका इन्द्रबहादुर महराले ५०२ मत पाएका छन् । 

Advertisement

Advertisement