अपिहिमाल गाउँपालिको अध्यक्षमा माओवादी केन्द्र, उपाध्यक्षमा कांग्रेस

Advertisement

दार्चुला । अपिहिमाल गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका भगतसिंह ठेकरे बोहरा निर्वाचित भएका छन् । आइतबार सम्पन्न मतगणनामा बोहराले दुई हजार ३०४ मत ल्याएर पाए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका धर्मानन्द मन्यालले एक हजार ३८५ मत पाए ।

यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकी देवकी बोहरा विजयी भएकी छन् । उनले दुई हजार २७ मत पाइन् भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी  उर्मिला बोहराले एक हजार ३१३ मत पाइन् ।

Advertisement

यसअघि २०७४ सालमा अपि हिमालको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका थिए । 

अपिहिमालको वडा नम्बर १ मा कांग्रेसका पोखरसिह लोथ्याल, वडा नम्बर २ मा रामसिह धामी, वडा नम्बर ३ मा गगनसिह कार्की, वडा नम्बर ४ मा नेकपा माओवादी केन्द्रका रवीन्द्रसिंह बोहरा, वडा नम्बर ५ मा राजेन्द्रसिंह धामी र वडा नम्बर ६ मा धर्मसिंह धामी निर्वाचित भएका छन् ।

Advertisement

Advertisement