चुनाव हारेको रिसमा माओवादीले गर्यो कांग्रेसको विजय जुलुसमा आक्रमण, छ जना घाइते

Advertisement

जुम्ला । तातोपानी गाउँपालिकामा चुनाव हारेको रिसमा माओवादी कार्यकर्ताले कांग्रेसको विजय जुलुसमा आक्रमण गरेको छ । आक्रमणपछि भई दुई पक्षको भिडन्तमा छ जना घाइते भएका छन् । 

तातोपानी वडा नम्बर ३ को मतगणनामा कांग्रेसको तर्फबाट वडाध्यक्षमा विजय भएपछि विजय जुलुसमा निस्कने क्रममा माओवादीका वडाध्यक्ष डिल्ली रावल समर्थित कार्यकर्ताले ढुंगामुढा सुरु गरेका थिए । 

Advertisement

त्यस क्रमाम तातोपानी ३ बस्ने २४ वर्षीय प्रेमसागर रावल, १५ वर्षीय गणेश शाही, ५० वर्षीया रामुदेवी शाही, २१ वर्षका अजित कामी, प्रकाश सुनार र तातोपानी १ का १८ वर्षीय धर्मराज रावत घाइते भएका हुन् । 

जिल्ला प्रहरी कार्यालय जुम्लाले उनीहरूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइराखेको जनाएको छ । 

झडपमा संलग्न तातोपानी ३ का माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार डिल्ली रावलसहित आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मतदान केन्द्र आसपासमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । 

Advertisement

Advertisement