मोदी आइपुगे लुम्बिनी, बुद्धजन्मस्थल आउन पाउँदा खुशी छुः मोदी
File-Photo

Advertisement

लुम्बिनी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्धजन्मस्थल आउन पाउँदा आफूलाई खुशी लागेको बताएका छन् । सोमबार बिहान साढे १० बजे भैरहवामा भारतीय वायुसेनाको हेलिकोप्टरबाट ओर्लिएका उनले आफ्नो स्वागतमा बसेका नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासमेतलाई लुम्बिनी आउन पाउँदा खुशी लागेको बताएका हुन् । 

हेलिकप्टरबाट ओर्लिएपछि मोदी सिधै लुम्बिनीस्थित मायादेवी मन्दिर प्रस्थान गरेका थिए । उनलाई स्वागत गर्न देउवा हेलिकप्टर अवतरण गरेको ठाउँमै पुगेका थिए । भैरहवामा मोदीकै लागि हेलिप्याड निर्माण गरिएको थियो । मोदीको स्वागत गर्न थुप्रै मन्त्रीहरु पुगेका थिए । 

Advertisement

एघार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आएका देउवाकी धर्मपत्नी आरजु राणा देउवा, गृहमन्त्री बालकृष्ण खाण, परराष्ट्रमन्त्री नारायण खड्का, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनु यादव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले, मुख्य सचिव शङ्रदास बैरागी, परराष्ट्र सचिव भरतराज पौडेल, भारतका लागि नेपाली राजदूत शङ्कर शर्मा, काठमाडौँस्थित भारतीय दूतावासका कार्यवाहक राजदूत नाम्या खम्पालगायतले स्वागत गरेका थिए । 

हेलिकोप्टरबाट ओर्लिएपछि एकत्रित भएका सर्वसाधारणलाई हात हल्लाएर अभिवादन गरेका मोदीले मायादेवी मन्दिरमा पूजाअर्चना गरेका थिए । 

Advertisement

Advertisement