महेन्द्रनगर । नेकपा एमालेको विजय जुलुसमा प्रयोग भएको गाडी दार्चुलामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका–६ ग्यानीमा सोमबार बिहान माइक्रो बस दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार गोकुलेश्वरबाट ग्यानीतर्फ गइरहेको से १ ज २७७ नम्बरको माइक्रो बस रोल खोलामा खस्दा तीन जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा चालक शैल्यशिखर नगरपालिका ६ का प्रकाश धामी, सोही ठाउँका सहचालक नविन सिंह धामी र अका एक जना छन् । नेकपा एमालेको विजयी जुलुसमा सहभागी हुनेहरुलाई ल्याउन कुलेश्वरबाट ग्यानी गएको बेला सो गाडी दुर्घटना भएको हो ।