सल्यान । जिल्लाको कुमाख गाउँपालिकामा कांग्रेस र एमालेको गठबन्धनले चुनाव जितेको उत्सव मनाउन विजय जुलुसमा जाने क्रममा दुई जनाको घरेन्ट लागेर मृत्यु भएको छ ।
विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर उनीहरुको मृत्यु भएको हो । घटनामा १० जनाभन्दा बढी घाइते भएका छन् । गाडीमा आउँदै गरेका उनीहरु बिजुलीको तारमा ठोक्किन पुगेका हुन् ।
गाडीको छतमा झण्डा समाएर बस्नेतज्युलाबाट शान्तिबजार आउँदै गरेकाहरू दुर्घटनामा परेका हुन् । घाइतेहरूको चौरजहारी अस्पतालमा उपचार भइरहेको भन्दै प्रहरीले घट्नाको अनुसन्धान भइरहेको जानकारी दिएको छ ।