निर्वाचन आयोगले पहिला विजयी घोषित गरेर पराजित भएको सुचना दिएपछि...

Advertisement

काठमाडौं । निर्वाचन आयोगले विजयी भनेर घोषणा गरिसकेका उम्मेदवारलाई पछि हारेको भनेपछि बर्दियाको गुलरिया नगरपालिका ४ मा विवाद भएको छ । 

उक्त वडाका खुल्ला सदस्यमा नेकपा एमालेबाट उम्मेदवार रहेका अजमेर अली नाउलाई निर्वाचित भएको घोषणा गरेको चार घण्टापछि आयोगले पराजित भएको सुचना प्रकाशित गरेको थियो । 

Advertisement

आयोगले उनी ४ मतले पराजित भएको जनाएको छ । पहिला निर्वाचित भनिएसँगै अजमेरले खुशीयाली मनाउन र्याली निकालेका थिए । आइतबार बेलुकी उनी निर्वाचित भएको घोषणा गरिएको थियो । तर पछि उनी पराजित भएको भनिएपछि अजमेरका समर्थकहरु रुष्ट भएका छन् । 

उनको ठाउँमा नेपाली कांग्रेसका इस्राइल नाउलाई एक हजार १४६ मतले विजयी भएको भनेर पछि सुचना सार्वजनिक गरिएको थियो । अजमेरले चुनावमा सत्ता गठवन्धनले धाँधली गरेको र आफ्नो बेइजेती गरिएको भन्दै मतगणना गर्ने कर्मचारीलाई कारवाही गर्न माग गरेका छन् । साथै, उनले मतगणकहरूमाथि छानबिन गरी कारबाही गर्न पनि माग गरेका छन् । 

Advertisement

Advertisement