सदर बदर मतबारे एमाले र माओवादीबीच विवाद भएपछि भरतपुरको मतगणना रोक्कियो

Advertisement

चितवन । भरतपुर महानगरपालिकाको मतगणना सोमबार रातिबाट रोक्किएको छ । सदर र बदर मतबारे माओवादी केन्द्र र नेकपा एमालेका कार्यकर्ताबीच विवाद हुँदा गणना रोक्किएको हो ।

सर्वपक्षीय बैठक बसेर मत गणना सुचारु गर्ने प्रयास भइरहेको निर्वाचन आयोगका कर्मचारीहरुले बताएका छन् । मतपत्रमा छाप संकेतका आधारमा सदर वा बदर के गर्ने भन्नेबारे दलका प्रतिनिधिले आपत्ति जनाएपछि मतगणना स्थगित भएको थियो ।

Advertisement

भरतपुरमा सत्ता गठवन्धनको तर्फबाट मेयरको उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेनु दाहाल र एमालेका उम्मेदवार विजय सुवेदीबीच कडा प्रतिस्पर्धा रहेको छ । पछिल्लो परिणामअनुसार रेनुले पाँच हजार ३८२ मतका साथ अग्रता लिएकी छन् । विजय सुवेदीले पाँच हजार ३६७ मतका साथ झिनो मतले पछाडि छन् ।

Advertisement

Advertisement