पशु कल्याण ऐन यसै संसद अधिवेशनबाट पास हुन्छः मन्त्री यादव

Advertisement

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्रा राय यादवले संसदको अहिलेकै अधिवेशनबाट पशु कल्याण ऐन पारित गर्ने तयारी भइरहेको बताएका छन् । ‘नेपालमा पशु कल्याणको वर्तमान अवस्था र आगामी कार्यदिशा’ विषयक राष्ट्रिय गोष्टीमा मंगलबार उनले उक्त ऐन संसदबाट पारित हुन लागेको जानकारी दिएका हुन् । 

पशुपंछी तथा मत्स्य विकास निर्देशनालय र स्नेहाज् केयरले संयुक्तरुपमा गरेको यस कार्यक्रमले नेपालमा पशु कल्याण ऐन तुरुन्त बन्नुपर्नेसहितको घोषणा पत्र पनि पारित गरेको छ । 

Advertisement

कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, सात वटै प्रदेशका मन्त्रालय, नेपालमा क्रियाशिल विभिन्न पशु कल्याण संघका प्रतिनिधि र अन्य सरोकारवालाको सहभागिता रहेको यस कार्यक्रममा नेपालको शिक्षा प्रणाली, चिडियाखाना र समग्र देशमा पशु कल्याणको अवस्था, विश्व पशु स्वास्थ्य सङ्गठन अनुरुप पशु कल्याणको व्यवस्था र पशु कल्याणसम्मवन्धी विधमान कानुनी अवस्थाको बारेमा ७ वटा कार्यपत्र प्रस्तुत भएको थियो ।

पशुपंछी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा मोगलप्रसाद साहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल पशु चिकित्शा परिषदका अध्यक्ष डा. बज्रकिशोरप्रसाद साह तथा स्नेहाज् केयरकी संस्थापक स्नेहा श्रेष्ठले नेपालमा पशु कल्याणको अवस्ठा सुधारका निम्ती सबै उत्तिकै जिम्मेवार ढङले लाग्नुपर्ने बताए । 

Advertisement

Advertisement