बालेन पुगे बन्चरेडाँडा, ‘स्थानीय माग सम्बोधन गरी फोहोर व्यवस्थापन नगरेसम्म खादा माला लगाउन्न’

Advertisement

नुवाकोट । बालेन शाह काठमाडौं महानगरपालिकाको मेयर भएको २४ घण्टा बित्न नपाउँदै बन्चरेडाँडास्थित ल्याण्डफिल्ड साइटको अवलोकन गरेका छन् ।

उनले स्थानीयको गुनासो र मागहरु सुन्नुका साथै स्थानीयको माग सम्बोधन गरी काठमाडौंको फोहोर व्यवस्थापन नगरेसम्म खादा माला नलगाउने पनि बताएका छन् । 

Advertisement

साथै, बालेनले काठमाडौंको ठूलो समस्याको रुपमा रहेको फोहोर व्यवस्थापन नगर्दासम्म अन्तरवार्ता पनि नदिने बताए । बालेनसँग ल्याण्डफिल्ड साइटका स्थानीयले आफ्नो समस्या सुनाएका थिए । शाह आज मात्रै काठमाडौंको मेयरमा निर्वाचित भएका हुन् । 

Advertisement

Advertisement