प्रचण्डलाई भेटेर बालेन शाहले– मलाई काम गर्न सहयोग गरिदिनुहोला

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर आफूले गर्नेमा काम सहयोगको अपेक्षा गरेका छन् । 

शाहले शनिबार बिहान खुमलटार पुगेर प्रचण्डलाई भेटेका हुन् । भेटमा प्रचण्डले शाहलाई बधाई दिंदै देश र जनतालाई केन्द्रमा राखेर काम गर्न सुझाव दिएका छन् । गठबन्धन दलहरुबाट आफूले सहयोगको अपेक्षा गरेको शाहले बताएपछि प्रचण्डले रचनात्मक सहयोगको प्रतिवद्धता जनाएका थिए । उनले बालेन शाहको जितलाई क्रान्ति भएको पनि बताए । 

Advertisement

यसअघि बालेन शाहले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी ओली, प्रधानसेनापति प्रुभुराम शर्मालाई भेटेका थिए । 

Advertisement

Advertisement