पूर्वबाट केही दिनमै मनसुन प्रवेश गर्दै, सुचना प्रणालीमा परिवर्तनको खाँचो छ:  जोशी

Advertisement

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले नेपालमा पनि ‘कमन अलर्ट प्रोटोकल सिस्टम’ विकास गर्नुपर्ने बताएका छन् । आगामी दिनमा पानी पर्ने वा नपर्ने भन्ने बारेमा जनतालाई सुसुचित गराउन उनीहरुलाई एकैपटक सूचना प्रवाह हुने प्रणाली विकास गर्नुपर्ने आवश्यत्तकता रहेको उनले बताएका हुन् । 

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा जोशीले सबैसमक्ष एकैपटक सूचना प्रवाह हुने प्रणाली संसारका केही मुलुकमा आइसकेकोले अबका दिनमा नेपालमा पनि त्यो प्रणालीको विकास गरेर जनतालाई सम्भावित प्राकृतिक विपद्बाट जोगाउनुपर्ने बताए । 

Advertisement

उनले अबका दिनमा राज्यले आममानिसलाई पानी पर्दैछ भन्ने जानकारीका साथै त्यसबाट हुने क्षतिको पूर्व आँकलन गरेर त्यसको बारेमा सचेत गराउनुपर्ने बताए । जोशीले यसको व्यवस्थित विकास गर्न जल तथा मौसम विज्ञान विभाग, विपद् न्यूनीकरण प्राधिकरण, सुरक्षा निकाय लगायतका सबै सरोकार निकायहरुको समन्वय र सहकार्य आवश्यक रहेको बताए । 

उनले भने, ‘अब हामीले जनतालाई के गर्न सक्नुपर्यो भन्दा पानी पर्छ भन्ने मात्रै होइन, पानी परेर यसले कतिसम्म विनाश निम्त्याउन सक्छ ? वा पानी परेर बाढी आउँछ । त्यसले गर्नसक्ने विनाशको परिणाम के हुनसक्छ ? भनेर त्यो प्रभाव बुझाउन सक्नुपर्छ ।’ 

जोशीले थपे, ‘अर्को कुरा सबैले बुझ्ने, जान्ने र सबै सूचना प्रणालीबाट एकैपटक सूचना प्रवाह हुने प्रणाली डेभलप भएको छ । अन्तर्राष्ट्रियस्तरमा त्यसलाई कमन अलर्ट प्रोटोकल भन्छन्, सायद हामी बिस्तारै कमन अलर्ट प्रोटोकलमा गयो भने जतिसुकै विशेष कार्यक्रम चलेको होस्, विशेष परिस्थितिमा त्यो सूचना जनतासमक्ष प्रवाह हुने एउटा मेकानिजम डेभलप गर्नुपर्ने हुन्छ । यससम्बन्धि विभिन्न निकायहरु जल तथा मौसम विज्ञान विभाग, विपद् न्यूनीकरण प्राधिकरण, सुरक्षा निकाय लगायतका सबै सरोकार निकायहरुको समन्वय र सहकार्यमा कार्य गर्नुपर्छ ।’ 

उनले थप भने, ‘जल तथा मौसमको कुनै पोल्टिकल बाउण्ड्री हुँदैन । यसलाई कुनै देश भन्न मिल्दैन । किनभने चीनमा हुने वर्षाले नेपालमा बाढी ल्याउँछ, नेपालमा परेको वर्षाले भारतमा बाढी ल्याउँछ । यसको पूर्वानुमान गर्दा कुनै प्वाइन्ट स्पेसिफिकभन्दा पनि क्षेत्रगत विशेष भएर गर्नुपर्ने अवस्था हुन्छ । आजको दिनमा नेपालमा हामीले क्षेत्रगत विशेष हिमाल, पहाड, तराई र प्रादेशिक आधारमा पूर्वानुमान गर्दै आइरहेका छौँ ।’

महानिर्देशक जोशीले नेपालमा अहिले कुनै स्थान विशेष भन्दा पनि क्षेत्रगत विशेष भएर मौसमसम्बन्धी पूर्वानुमान गरिएको बताए । उनले नेपालमा अहिले क्षेत्रगत विशेष हिमाल, पहाड, तराई र प्रादेशिक आधारमा पूर्वानुमान गर्दै आएको स्पष्ट पारे । जोशीले अहिले नेपालमा मनसुन प्रवेश भइनसके 
 पनि मनसुनी गतिविधिका कारण मौसम बदली र वर्षा भइरहेको बताए । 

अबको केही दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्ने विज्ञहरुले बताएका छन् । मनसुन देशको पूर्वीभेगबाट शुरु हुनेछ ।

Advertisement

Advertisement