Advertisement

काठमाडौं । बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा आज मंगलबारदेखि काठमाडौंको फोहोर व्यवस्थापन गर्ने सहमति भए पनि केही स्थानीयले फोहोर बोकेका गाडिहरुमा अवरोध गरेपछि सरकारले प्रहरी परिचालन गरेको छ । 

स्थानीय प्रतिनिधिसँग माग सम्बोधन गर्ने लिखित सहमति भइसके पनि त्यसमा चित्त नबुझाउनेहरुले अवरोध गरेपछि प्रहरी परिचालन गरिएको हो । अवरोध गर्नेहरुलाई प्रहरीले घर घरमा पुगेर खोजी गरेको थियो । 

Advertisement

प्रहरीले संघर्ष समितिका संयोजक श्रीराम ढुंगानासहित दर्जनौंलाई पक्राउ गरेको ककनी– ३ का स्थानीय भीमसेन गजुरेलले बताए । उनले जनप्रतिनिधिले सरकारसँग सम्झौता गर्दैमा स्थानीयले नमान्ने बताउँदै यस्तो कागजी सम्झौता पटक पटक भए पनि कार्यान्वयन हुन नसकेको गुनासो गरे । 

उनले प्रहरीले धरपकड गर्दा पनि जनप्रतिनिधि नआएको, निर्दोष मानिस र घरमा बसेकालाई पनि पक्राउ गरिएको बताउँदै फोहोरका कारण आफूहरुको स्वास्थ्यमा गम्भीर असर परेको, अस्पताल बनाउने भनेर पनि नबनाइएको बताए । गजुरेलले जनप्रतिनिधिले सरकारसँग गरेको सम्झौता स्थानीयले नमान्ने बताए । 

Advertisement

Advertisement