देशलाई माया गर्ने बित्तिकै एमाले आफै मकैका घोघाझैं हुन्छः ओली

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले आफ्नो पार्टी बाहेकका अन्य कुनै पनि दलले देशलाई विकसित, सभ्य र आधुनिक बनाउन नसक्ने दावी गरेका छन् । 

उनले एमालेबाहेक अन्य दलले मुलुकलाई समृद्ध बनाउन सक्दैनन् भन्नु सत्य कुरा भएको जिकीर समेत गरे । स्थानीय निर्वाचनमा पार्टीको प्रचारप्रसारमा परिचालित सो पार्टीनिकट कलाकारलाई सम्मान गर्न आयोजित कार्यक्रममा ओलीले राजनीतिभन्दा माथि उठेर कुरा गर्ने हो भने पनि मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन, विकासको बाटोमा अघि बढाउन एमाले बाहेकका अन्य शक्तिले नसक्ने बताए । 

Advertisement

उनले एमाले जस्तो देशको हितमा मरिमेटेर लाग्ने पार्टी नेपालमा अरु नभएको पनि अध्यक्ष ओलीले पटकपटक दोहोर्ए । उनले एमालेबाहेक अन्य दलले ‘समृद्ध नेपालः सुःखी नेपाली’ भनेको सुन्नु भएको छ ? भनि प्रश्न समेत गरे । 

ओलीले भने, ‘देशमा भ्रष्टाचार उन्मूलन हुनुपर्छ, हाम्रो देश विकासमा अगाडि बढनुपर्छ । अभियानको रुपमा देशलाई विकासको अभियानमा अगाडि बढाउनुपर्छ भन्ने कुरा, यो कुरा गर्ने बित्तिकै अब यहाँ कसैले भन्ला–यो साँस्कृतिक क्षेत्रको कार्यक्रमको अवसर पाउँदा पनि राजनीति ग¥यो भनेर । होइन । राजनीति हुँदै होईन । राजनीतिले म एकछिन बाहिरै राखिदिन्छु । तर, सही सत्य कुरा के हो भने–राजनीति भन्दा बाहिर गएर, माथि उठेर सही सत्य कुरा के हो भने–देशलाई माया गर्नु हुन्छ भने, देशलाई बनाउनु छ भने देशलाई मानव उचित बनाउनु छ भने, देशलाई मानव समाजजस्तो बनाउनु छ भने, विकसित, सभ्य, आधुनिक नेपाल निर्माण गर्नु छ भने एमाले बाहेक अरुले अगुवाई गर्न सक्दैन । सही सत्य कुरा यो हो ।’

उनले थपे, ‘यो राजनीति गरेको होइन, भोट मागेको होइन । देशको हितको पक्षमा बोलेको हो । देशको हितको पक्षमा सत्य बोलेको हो । यदि एमाले नीतिहरु त्यस्ता हुँदैनन् थिए भने अरुका नीति देशको पक्षमा हुन्थे भने म आफै त्यो पार्टीमा हुन्थे । किनभने देशभन्दा ठूलो अरु केही पनि हुँदैन । तर, यथार्थ के हो भने–एमालेजस्तो देशलाई माया गर्ने, देशको हितमा लडने र देशका निम्ति मरिमेटने अर्को पार्टी छैन । कसैसँग यस्तो विचार छैनन् । एमाले बाहेक कसैले समृद्ध नेपालः सुःखी नेपाली भनेको सुन्नु भएको छ ? कसैले भन्दैनन् । राष्ट्रियताको कुरा अरु कसैले भन्नेको सुन्नु भएको छ ? नेपालको भूमि सामेल गरेर नक्सा बनाउन एमाले चाहियो । उत्तरतिरबाट बाटो खोल्न एमाले चाहियो । हाम्रो जमिन डुब्यो, खोल्न एमाले चाहियो । हाम्रो सिमाना सारियो, ठिक बनाउन एमाले चाहियो । अरु शक्तिहरु, व्यक्तिहरु, बोल्छ कोही ? त्यसकारण मेरो आग्रह यति हो–कि देशलाई माया गरौं । देशलाई माया गर्ने बित्तिकै एमाले आफै मकैका घोघाझैं हुन्छ । त्यो माया एमालेको भागमा स्वतः पुग्छ । खाली यो सच्याईमात्रै मैले कलाकार साथीहरुलाई भनेको हुँ ।’

अध्यक्ष ओलीले देशको भूभाग समेटेर नक्सा जारी गर्न, चीनतिरको नाका खुलाउन, तराईमा डुबान भएको जमिन खोल्न, मिचिएको सीमा समस्या समाधान गर्न एमालेनै चाहिएको भन्दै अरु पार्टीहरुले त्यो गर्न नसक्ने बताए । उनले आफ्नो पार्टीलाई मुलुकको अहित भएको सैह्य नहुने चेतावनी समेत दिए । सबै नेपालीले देशलाई माया गरिदिए हुने ओलीको भनाई थियो । 

Advertisement

Advertisement