आरजु देउवालाई बालेनले देखाइदिए चुनावमा भएको करिव चार लाखको खर्च विवरण

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले चुनावी अभियानका क्रममा भएको खर्चको विवरण सार्वजनिक गरेको छन् । 

प्रधानमन्त्री पत्नी शेरबहादुर देउवाकी पत्नी आरजु देउवाले सामाजिक सञ्जालमा खर्च गरेर बालेनले चुनाव जितेको सोमबार आरोप लगाएपछि बालेनले आफ्नो खर्च विवरण सार्वजनिक गरेका हुन् । 

Advertisement

उनले खर्चको विवरण केही समय अगाडि नै सार्वजनिक गर्न नसकेकोमा माझी पनि मागेका छन् । उनले चुनावी अभियानमा तीन लाख ९४ हजार ४८९ रुपियाँ खर्च भएको शीर्षकगतरुपमा विवरण सार्वजनिक गरेका छन् । उनले चुनाव महंगो बनाइएकोमा असन्तुष्टि जनाउँदै निर्वाचन प्रक्रियालाई लामो र बोझिलो बनेको कुरामा सबैको ध्यान जानुपर्ने बताएका छन् । 

Advertisement

Advertisement