आजै हाम्रो पार्टीले सिफारिस गरेकाहरुलाई मन्त्रीको सपथ नखुवाए गम्भीर कदम चाल्छौँः खनाल

Advertisement

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस)का नेता झलनाथ खनालले आफ्नो पार्टीले सिफारिस गरेअनुसार नयाँ मन्त्रीको शपथ आज आइतबार नभए प्रधानमन्त्रीबिरुद्धमा गम्भीर कदम चाल्नुपर्ने बताएका छन् । 

संसद बैठकपछि सञ्चारकर्मीहरुसँग बौल्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिमण्डल हेरफेर गर्नुपर्ने बताउँदै आफ्नो पार्टीको केन्द्रिय, पोलिटब्यूरो र सचिवालय बैठकले गरेको निर्णयलाई अस्वीकार गरे गम्भीर कदम चाल्ने चेतावनी दिएका हुन् । 

Advertisement

खनालले आफूसँग अब पनि मन्त्रिमण्डल हेरफेर नगरेमा प्रधानमन्त्रीबिरुद्ध गम्भीर कदम चाल्नु बाहेकको विकल्प नभएको बताए । उनले भने, नयाँ मन्त्रीले सकेसम्म आज शपथ खानुपर्छ । प्रधानमन्त्रीले आज कदम चाल्नुपर्छ । आजपनि कदम चाल्नु भएन, ढिला भयोभने प्रधानमन्त्रीको बारेमा पनि हामीले के गर्नुपर्ने भन्ने सोच्नुपर्छ । त्यसकारण सचिवालयले निर्णय गरेको छ, स्थायी कमिटीले निर्णय गरेको छ । पोलिटब्यूरोले निर्णय गरेको छ, केन्द्रिय कमिटीले निर्णय गरेको छ, यी सबै कुरालाई अस्वीकार गर्ने हो भने हामीले थप गम्भीर कदम चाल्नु बाहेक अर्को विकल्प छैन । हामीले निर्णय गरिसकेका छौँ । एकैपटक कार्यान्वयन हुन्छ, कार्यान्वयन जसले गर्नुहुन्छ, धन्यवाद दिन्छौँ, कार्यान्वयन नगर्नेलाई पार्टीले विधान बमोजिम काराही गर्छ ।’

Advertisement

Advertisement