काठमाडौं । नेपाल विद्युत प्राधिकरणका एक कर्मचारीको ड्युटीमै रहेको बेला निधन भएको छ । रात्रिकालिन ड्युटीमा रहेका शैलेन्द्र हमालको गए राति निधन भएको हो ।
प्राविधिक सहायकमा कार्यरत उनी मृटुको विरामी रहेको र बिहान हेर्दा उनी मृत अवस्थामा भेटिएका थिए । मृत अवस्थामा हमाल भेटिएपछि प्राधिकरणका कर्मचारीले उनको परिवारलाई खबर गरिदिएका थिए ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आएर अवलोकन गरे पछि शब एम्बुलेन्स बोलाएर पोष्टमार्टमका लागि लगिएको थियो । हमालको दुई वटा बच्चाहरु रहेको र श्रीमतीले केही समयअघि छोडेर हिंडेको जानकारहरु बताउँछन् ।