महँगी नियन्त्रणका लागि देशव्यापी बजार अनुगमन गर्छौः बडू

Advertisement

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले महँगी नियन्त्रणका लागि सरकारले देशव्यापी बजार अनुगमन गर्ने बताएका छन् ।  

बुधवार वाणिज्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री बडूले महँगी नियन्त्रणका लागि देशव्यापी बजार अनुगमन गर्न लागेको बताएका हुन् । 

Advertisement

उनले सरकारले संघ, प्रदेश, जिल्ला प्रशासन र स्थानीय तहका सबै संयन्त्र  परिचालन गरेर बजार अनुगमन प्रभावकारी बनाउने बताए । मन्त्री बडूले  इन्धनको एक्कासी मूल्य बढेपछि खाद्यान्न, औषधि र सेवाको मूल्यमा गरिएको  मूल्यवृद्धि घटाउन र उपभोक्तालाई राहत दिन देशभर एकैसाथ एउटै समयमा अनुगमन गर्ने तयारी गरेको बताए । 

उनले देशव्यापी बजार अनुगमन गर्न र मूल्य नियन्त्रण गर्न अनुगमन तथा निरीक्षण अधिकृत तोक्न जिल्ला प्रसासन र स्थानीय तहलाई पत्राचार गरिसकिएको पनि बताए । इन्धनको मूल्य उच्चरुपमा बढ्दै  गएसँगै आकाशिएको बजार मूल्य नियन्त्रण गर्न सरकार प्रतिवद्ध रहेको बताए । 

Advertisement

Advertisement