जसपाका तीन जना मन्त्रीहरु हेरफेर, बाबुराम पक्षका राजेन्द्र श्रेष्ठ यथावत

Advertisement

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गर्दै जनता समाजवादी पार्टीले पाएकामध्ये तीन मन्त्रीहरु हेरफेर गरिएको छ । उक्त पार्टीभित्र उपेन्द्र यादव र बाबुराम भट्टराईबीच किचलो बढिरहेको बेला मन्त्रीहरु हेरफेर गरिएको हो । 

मन्त्री नियुक्त हुनेमा मृगेन्द्रकुमार सिंह कृषि, मोहम्मद इस्तियाक राई भौतिक पूर्वाधार र प्रदीप यादव वनमन्त्री नियुक्त भएका हुन् । जनता समाजवादी पार्टीले नेताहरु महिन्द्र राय यादव, रेणुकुमारी यादव र रामसहायप्रसाद यादवलाई फिर्ता बोलाएर नयाँ नेताहरुलाई मन्त्रिपरिषदमा पठाएको हो ।

Advertisement

सोही पार्टीबाट सामान्य प्रशासनमन्त्री रहेका राजेन्द्र श्रेष्ठ भने यथावत रहेका छन् । उनी बाबुरामको कोटाबाट मन्त्री बनेका हुन् । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीका चार मन्त्री र एक राज्यमन्त्री फेरेका थिए । 
 

Advertisement

Advertisement