करको दरमा हेरफेर गरेर सीसीटिभी फुटेज नस्ट गर्ने कार्यमा देउवाको पनि मिलेमतो छः पोखरेल

Advertisement

कैलाली । नेकपा एमालेका महासचिव शंकर पोखरेलले  गठबन्धन सरकार पूर्णरूपमा असफल भएको दावी गरेका छन् ।  प्रेस चौधरी कैलालीले मंगलबार गरेको कार्यक्रममा उनले एमालेलाई विस्थापित गर्दा मुलुकले दुर्भाग्य बेहोर्न बाध्य भएको बताए । 

पोखरेलले भने, ‘अर्थतन्त्र डामाडोल छ । मूल्यवृद्धि अत्यधिक छ । पुँजीगत खर्च लकडाउनमा भन्दा पनि खराब भएको छ । त्यस अर्थमा ५ दल असफल भएको छ ।’ करको दरमा हेरफेर गरेर सीसीटिभी फुटेज नस्ट गर्नु अर्थमन्त्री जनार्दन शर्माको नीतिगत भ्रष्टाचार भएको भन्दै उनले यसमा प्रधानमन्त्री शेरबहादुर देउवाको पनि मिलेमतो रहेको बताए । 

Advertisement

पोखरेलले थपे, ‘‘प्रधानमन्त्रीको पनि मिलेमतो छ । नत्र छनबिन गरी कारबाही गर्नुपर्छ कांग्रेसकै सांसद पनि मुछिएका कारण प्रधानमन्त्री हच्किएका छन् ।’ स्थानीय निर्वाचनमा पूर्णरूपमा घेराबन्दी गरेर एमाले सक्ने रणनीति पाँच दलको भएपनि त्यो असफल भएको उनले बताए । 

आगामी निर्वाचनमा एमालेले अझ राम्रो नतिजा ल्याउने पोखरेलको दावी छ । मुलुकमा एमाले मात्रै वामपन्थी शक्ति रहेको दाबी गर्दै उनले नेपाली कांग्रेसको साथ लागेकाहरू कम्युनिष्ट नभएको जिकिर गरे ।

Advertisement

Advertisement