अजोड ईन्स्योरेन्सको चौथो वार्षिकोत्सवः ३३ जनाले गरे रक्तदान, बृद्धबृद्धालाई खाद्यान्न सहयोग

Advertisement

काठमाडौँ । अजोड ईन्स्योरेन्सले आज चौथो वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । 

सो अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेकोमा ३३ जनाले रक्तदान गरे ।  सोही अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत काठमाण्डौ जिल्ला टोखा नगरपालिका वडा नं. ९, गोंगबु स्थित हिमालयन बृद्घा आश्रममा आश्रित ४३ जना बृद्घ तथा बृद्घाहरुको लागी खाद्यान्न सहयोग गरियो । 

Advertisement

उक्त कार्यक्रममा प्रमुख अतिथि टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी र संस्थाका प्रमुख कार्यकारी अधिकृत कुमार हादुर खत्रीले संयूक्त रुपमा बृद्घा आश्रमकी अध्यक्षसरला पन्थीलाई खाद्यान्न हस्तान्तरण गरे ।

सो कार्यक्रममा नगर उपप्रमुख मुरारी तामाङ र वडा नंं ९ का वडाअध्यक्ष रामभक्त घिमिरे, आश्रमका अन्य संचालक तथा अजोड ईन्स्योरेन्स लिमिटेडका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

कम्पनीले प्रधान कार्यालय लगायत ७ वटा प्रादेशिक कार्यालय, २९ वटा शाखा, २५ वटा उपशाखा कार्यालयहरु, ११ बीमा काउण्टर र ३ वटा तेश्रोपक्ष बीमा काउण्टरहरुवाट सेवा प्रदान गर्दै आइरहेको छ । हालसम्म कम्पनीमा ३२३ जना कर्मचारी कार्यरत रहेका छन् भने आधारभूत निर्जीवन बीमा अभिकर्ता ४५९ जना, कृषि तथा पशुपन्छी बीमा अभिकर्ता ३१७ जना कृषि तथा पशुपन्छी क्षती मूल्याङ्गकनकर्ता ३९ जना र १२२ जना बीमा सर्भेयरहरु सूचिकृत रहेका छन् ।

कम्पनीले आव २०७८।०७९ को असार २० सम्ममा १,२२,९६५ बीमालेख जारी गरी कुल बीमा शुल्क रु. १ अर्व ५६ करोड आर्जन गरेको साथै कुल दाबी भुक्तानी संख्या ५०२६ मार्फत कुल दाबी भुक्तानी रकम रु. ७१ करोड ५८ लाख भुक्तनी गरिसकेको छ । कम्पनीको चुक्ता पूँजी रु. १ अर्व भएको जगेडा तथा कोषमा रु. १३ करोड ९५ लाख र बीमा कोषमा रु.१५ करोड ९२ लाख संचित गरी सम्पूर्ण बीमितहरुको विश्वास जित्न सफल भएको सीईओ खत्रीले बताए । 
 

Advertisement

Advertisement