चन्द्रागिरि घुम्न गएका राष्ट्रियसभाका अध्यक्ष केवलकारमा अडकिए

Advertisement

काठमाडौं । परिवारलाई लिएर चन्द्रागिरि घुम्न गएका राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिना केबलकार केही समय अडकिएका छन् । चल्दाचल्दै केवरकार बन्द भएपछि केही समय तिम्सिनासहित अन्य यात्रुहरु बीचमा केवलकारमै अड्किएका हुन् । 

पछि केवरकार सुचारु भएपछि उनीहरु सकुशल ओर्लिएका थिए । चन्द्रागिरि केवरकारमा बारम्बार केवरकार रोक्किएर यात्रुहरु त्रसित हुने समस्या देखिने गरेको छ । कम्पनी व्यवस्थापनले भने विद्युत आपूर्ति र कहिलेकाहीं प्राविधिक समस्याका कारण सेवामा केही अवरोध आउने गरेको बताउने गरेको छ । 

Advertisement

चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्र ढकाललले नेपालका उच्च पदस्यदेखि विदेशी पाउनाहरुलाई समेत चन्द्रागिरिमा घुम्न लैजाने गरेका छन् । तर पटक पटक सेवा अवरुद्ध हुने समस्याले  गर्दा मानिसहरु केवरकार चढ्न त्रसित हुने क्रम बढेर गएको छ । 

Advertisement

Advertisement