गोली लागेर गम्भीर घाइते भएका जापानी पूर्वप्रधानमन्त्री आबेको निधन

Advertisement

काठमाडौँ । गोली प्रहारबाट गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ । अन्तर्राष्ट्रिय समाचार संस्थाहरुको अनुसार आबेको उपचारका क्रममा निधन भएको हो । 

आफ्नो राजनीतिक दल लिवरल डेमोक्रयाटिक पार्टीको चुनावी प्रचार अभियानका क्रममा नारा शहरको सडकमा भाषण गर्दा एक बन्दुकधारीले उनलाई शुक्रबार गोली प्रहार गरेका थिए । गोली प्रहारपछि गम्भीर घाइते भएका आबेको तत्कालै एम्बुलेन्सबाट उद्दार गरी अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याउँदासम्म बोलिरहेका उनी त्यसपछि गम्भीर हुँदै गएका थिए ।

Advertisement

आबेलाई गोली हान्ने ४२ वर्षीय तेत्सुया यामागामीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । उनले पत्रकारको भेषमा क्यामराको रुपमा बन्दुक लुकाएर लगेका थिए । 

Advertisement

Advertisement