आबेको निधनमा नेपालमा पनि राष्ट्रिय शोक

Advertisement

काठमाडौं । सरकारले जापानका पूर्वप्रधानमन्त्री सिन्जु आबेको निधनमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । आबेको शुक्रबार गोली हानी हत्या भएको थियो । 

नारा भन्ने शहरमा सडकमा चुनावी सभालाई सम्बोधन गरिहेका बेला उनीमाथि गोली प्रहार भएको थियो । गोली लागेर ढलेका उनलाई हृदयघात समेत भएको थियो । अस्पताल पुर्याइएपछि उनको उपचारको क्रममा निधन भएको हो । 

Advertisement

सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले आबे हत्याको घोर भत्सर्ना गर्दै शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो । विभिन्न दलका नेताले पनि आबेको निधनमा शोक प्रकट गरेका छन् । 

Advertisement

Advertisement