साथी मार्टको टिकटक च्यालेन्जः १ मिनेटमै ५० हजार जित्ने मौका !
file photo

Advertisement

काठमाडौं । रिटेल चेन साथी मार्टले टिकटक च्यालेन्ज आयोजना गर्ने भएको छ ।  ‘साथीमार्ट टिकटक च्यालेन्ज’ अन्तर्गत टिकटक प्रयोगकर्ताले १ मिनेटको भिडियो बनाई ५० हजार रुपियाँ जित्न सक्नेछन् । 

साथीमार्टले आफ्ना ग्राहकहरुका लागि ‘शेयर एण्ड अर्न अनलिमिटेड’ अभियान अन्तर्गत ‘साथीमार्ट टिकटक च्यालेन्ज’ प्रतियोगिता आयोजना गरेको हो । जसअन्तर्गत ग्राहकले साथीमार्टको मोबाइल एप डाउनलोड गरि अकाउन्ट रजिस्टर र मोबाइल भेरिफिकेसन गर्दा ७५ रुपियाँ साथीक्यास पाउने व्यवस्था गरिएको छ । साथै मोबाइल एप आफ्नो साथीभाई तथा परिवारलाई सेयर गरि प्रत्येक सफल शेयरमा थप २५ रुपैयाँ थप साथीक्यास पाउन सक्नेछन् । 

Advertisement

‘साथीमार्ट टिकटक च्यालेन्ज’ मा सहभागि हुनका लागि प्रयोगकर्ताले सर्वप्रथम साथीमार्टको अफिसियल टिकटक पेजलाई फलो गर्नुपर्ने हुन्छ । सोही पेजमा दुई वटा भिडियो पिन गरिएका छन् । जसमध्ये एउटा भिडियोमा ‘साथीमार्ट टिकटक च्यालेन्ज’मा सहभागी हुनका लागि के गर्नुपर्छ भन्ने कुरा जानकारी गराइएको छ भने अर्को नमुना भिडियो हो । सहभागीले सोही अनुसार नियम पालना गरेर भिडियो बनाउनु पर्नेछ ।  

सिर्जनात्मक भिडियोहरु मध्ये प्रतियोगिताको उत्कृष्ट भिडियोले ५० हजार रुपैयाँ र दुई उपविजेताले १५ हजार र १० हजार रुपैयाँ क्रमशः जित्न सक्ने साथीमार्टका संस्थापक तथा सिइओ सागर पोखरेलले जानकारी दिए ।  भिडियो असार ३२ गते भित्र अपलोड गरिएको हुनुपर्ने साथीमार्टले जनाएको छ । 

इच्छुकहरूले https://bit.ly/3Ipixkb मा क्लिक गरि साथीमार्ट टिकटक च्यालेन्जको बारेमा थप जानकारी लिन सक्ने छन् । 

Advertisement

Advertisement