सिजी मेरिडिया सिग्नेचर सिरिजले बजारमा ल्यायो इन्टरनेटबाट चलाउन सकिने रेफ्रिजेरेटर र एसी

Advertisement

काठमाडौँ । सिजीले आफ्नो ‘सि.जी. मेरिडिया सिग्नेचर सिरिज’ अन्तर्गत इन्टरनेटको माध्यमबाट चलाउन सकिने विविध प्रिमियम विद्युतीय उपकरणहरू बजारमा ल्याएको छ । यी उपकरणहरू इण्टरनेटसँग जोडेपछि जहाँबाट पनि चलाउन सकिने कम्पनीले बताएको छ ।

आफ्ना सुरूवाती दिनहरूदेखि नै परिस्कृत र उन्नत प्रविधिको उत्पादनहरू नेपाली बजारलाई उपलब्ध गराएर लोकप्रियता बटुल्दै आइरहेको सिजीले यस पटक आइओट (ईन्टरनेट अफ थिङ्ग्स) सुविधासहितको प्रिमियम मल्टी डोर तथा साईड बाई साईड रेफ्रिजेरेटर र  एसी बजारमा ल्याएको हो । 

Advertisement

यी आइओटी प्रोडक्टहरुलाई अब केवल एउटा सिजी स्मार्ट होम एपको मार्फत सजिलै चलाउन सकिने छ । जसमा यी प्रोडक्टहरु एक अर्कासंग इको स्टिमको तरिकाले जोडिएका हुन्छन् ।  आइओटी सुविधाको साथ अब ग्राहकले आफ्नो घर र कोठा घरबाहिर भएको बेला पनि चाहिएको अनुसार तापक्रममा कोठालाई  न्यानो वा शीतल बनाउन सक्ने र रेफ्रिजेरेटरलाई पनि कन्ट्रोल गर्न सकिने कम्पनीले उल्लेख गरेको छ । कम्पनीले रेफ्रिजेरेटरमा १० बर्षको वारेण्टी मोटरमा र एसीमा ५ बर्षको वारेण्टी कम्प्रेसरमा पनि दिएको छ ।      

यी उपकरणहरूको साथ ग्राहकहरूको जीवन अब अझ सुविधायुक्त, सहज, स्मार्ट र प्रभावकारी हुने कम्पनीले जनाएको छ । यसका अतिरिक्त, आइओटी सुविधायुक्त ‘सिजी मेरिडिया सिग्नेचर सिरिज’का अन्य उपकरणहरू पनि चाँडै नै बजारमा ल्याउने योजना रहेको कम्पनीले जनाएको छ । 

Advertisement

Advertisement