यसरी हेर्न सकिन्छ एसईई परीक्षाको परीक्षाफल

Advertisement

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरबाट प्रकाशित हुने २०७८ सालको एसईई परीक्षाको परीक्षाफल प्राप्त गर्नका लागि नेपाल टेलिकमले विभिन्न माध्यमबाट व्यवस्था गरेको छ । 

सो परीक्षाको परीक्षाफल कल गरेर, एसएमएस तथा वेबसाइट मार्फत प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ । 

Advertisement

कल गरेर– नेपाल टेलिकमको ल्यान्डलाइन फोन, मोबाइल र सीडीएमएबाट १६०० डायल गरी प्राप्त निर्देशनका पालना गरी नतिजा थाहा पाउन सकिने छ । 

एसएमएस– मोबाइलको म्यासेज बक्समा अंग्रेजीमा क्भ्भ् लेखेर एक स्थान छाडी अल्फाबेट सहितको सिम्बल नम्बर टाइप गरी १६०० मा पठाउन सकिने छ । 

वेबसाइट – नेपाल टेलिकमको वेबसाइट मार्फत मार्कसिट सहितको नतिजा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।  

परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरे पश्चात् परीक्षाफल हेर्न सकिने प्रवक्ता शोभन अधिकारीले बताए । 
 

Advertisement

Advertisement