विवादका बीच नागरिकता विधेयक राष्ट्रियसभाबाट पनि पास, अब राष्ट्रपतिले के गर्लिन ?

Advertisement

काठमाडौं । विवादका बीच नागरिकता ऐनको संशोधन विधेयक राष्ट्रियसभाबाट पनि पारित भएको छ । यसअघि प्रतिनिधिसभाबाट पास भएको उक्त विधेयकका कतिपय बुँदा नेपालको हितमा नरहेको भन्दै विरोध भइरहेको बेला राष्ट्रियसभाबाट पास गरिएको हो ।

बिहीबार राष्ट्रियसभामा भएको छलफलपछि गृहमन्त्री बालकृष्ण खाँणले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिएका थिए । अब यो विधेयक राष्ट्रियसभाले प्रतिनिधिसभामा नै फिर्ता पठाउनेछ र प्रतिनिधिसभाले राष्ट्रपतिसमक्ष पठाउनेछ । 

Advertisement

राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कार्यान्वयन हुने यो विधेयक राष्पट्रपति विद्या भण्डारीले अस्वीकृत गर्नुपर्ने कतिपयको भनाई रहँदै आएको छ । यो विधेयक पारित भएपछि जन्मको आधारमा नेपाली नागरिकता पाएकाहरुको सन्तानले वंशजको नागरिकता पाउने, बाबुको पहिचान हुन नसकेकाहरुले आमाको नामबाट पनि नागरिकता लिन पाउने, विदेशी महिलाले विवाह गरेर आउनासाथै नागरिकता पाउने, गैरआवासीय नेपालीले राजनीतिक र प्रशासनिक अधिकारबाहेकको नागरिकता पाउने लगायतका व्यवस्था छन् । 

नागरिकताको विषयमा लामो समयदेखि विवाद हुने गरेको छ । नागरिकता कानुन फितलो भए मुलुकको राष्ट्रियता कमजोर हुने एकथरीको तर्क छ । यस कानुनमा छिमेकी भारतको पनि पहिललेदेखि निकै चासो देखिन्छ । पछिल्लो समयमा नेपाली कांग्रेसकी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भारतको सत्ताधारी दल भारतीय जनता पार्टीले बोलाएका कारण नयाँ दिल्ली पुगेर आएपछि नागरिकता विधेयक फास्ट ट्राकमा पास गरिएको हो । यसअघि नागरिकतासम्वन्धी कानुन पास गर्न अस्वीकार गरेकाले राजा वीरेन्द्रको हत्या भएको केहीले दावी गर्दै आएका छन् । 

Advertisement

Advertisement