भरतपुरको फोहोर व्यवस्थापन गर्न ठेकेदारको खोजी

Advertisement

काठमाडौं । महानगरपालिकामा निर्वाचित भएका जनप्रतिनिधिहरूलाई अहिले सबैभन्दा ठूलो समस्या बनेको छ, सहरी फोहरो व्यवस्थापन। काठमाडौंमा फोहोर व्यवस्थापन गर्न हम्मेहम्मे परिरहेको बेलामा भरतपुर महानगरपालिकाले भने फोहोर व्यवस्थापनको जिम्मा ठेकेदारलाई दिने तयारी गरेको छ ।

महानगरपालिकाले फोहोरको दिगो व्यवस्थापन गर्न इच्छुक कम्पनीहरूलाई आवेदन खुलाएको छ। उसले सातवटा शर्त अघि सार्दै कम्पनीको खोजी गरेको हो। उसले उपलब्ध अत्याधुनिक प्रविधिको प्रयोग गरि फोहोर व्यवस्थापन गर्नुपर्ने शर्त अघि सारेको छ। त्यस्तै कुहिने फोहोरबाट मल तथा ग्यास बनाउने प्रविधिको प्रयोग गर्नुपर्ने दोस्रो शर्त छ । 

Advertisement

त्यस्तै नकुहिने फोहोरलाई छुट्याएर पुन प्रयोगमा ल्याउने गरि बाँकी फोहोर डम्पिङ साइटको व्यवस्थापन गर्नुपर्ने उल्लेख छ। क्षेत्रगत फोहोर व्यवस्थापन केन्द्र निर्माण गर्नुपर्ने उल्लेख छ। जग्गाको व्यवस्थापन आफै गर्नुपर्ने द्ध र आवश्यक सहयोग र समन्वय महानगरपालिकाले गर्नेछ । दिगो फोहोर व्यवस्थापन गर्ने समयावधि उल्लेख गर्नुपर्ने र यसमा प्रयोग हुने जनशक्ति र उपकरणहरू समत उल्लेख गर्नुपर्ने शर्तमा उल्लेख छ।

Advertisement

Advertisement