एसपीपीमा सहभागी नहुने पत्र बल्ल अमेरिकालाई पठाइयो, मन्त्री खड्काले संसदलाई दिए जानकारी

Advertisement

काटमाडौं । सरकारले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)लाई अघि नबढाउने लिखित जानकारी अमेरिकालाई दिएको परराष्ट्रमन्त्री नारायण खड्काले बताएका छन् । उनले साउन ९ मा अमेरिकालाई लिखित जानकारी गराएको संसदलाई शुक्रबार जानकारी दिए ।

एसपीपीमा सहभागी हुने विषयमा चर्को विरोध भएपछि मन्त्रिपरिषद्को गत असार ६ को बैठकले एसपीपी अघि नबढाउने निर्णय गरेको थियो । तर, अमेरिकालाई पत्र पठाउन आनाकानी गरिएपछि त्यसको विरोध हुँदै आएको थियो । 

Advertisement

मन्त्री खड्काले एसपीपीबारे मन्त्रिपरिषदको निर्णय कार्यान्वयन भइसकेको बताए । उनले भने, ‘कूटनीतिक माध्यमबाट नेपालले एसपीपीलाई अघि नबढाउने निर्णय गरेको लिखित जानकारी अमेरिकी सरकारसमक्ष पठाएको सम्मानित सदनमा जानकारी गराउन चाहन्छु । आन्तरिक परामर्श आवश्यक भएकाले केही समय लागेको हो ।’

Advertisement

Advertisement