सर्प र वातावरणको सम्वन्ध गज्जबको, सरीसृपहरु लोप हुनबाट रोकौं

Advertisement

डा. अम्बरीश पोखरेल
सर्प र वातावरणको सम्वन्ध गज्जबको छः
१. हाम्रो वातावरणमा रहेका न्यूरो टक्सिक र हेमो टक्सिक जस्ता दर्जनौं मात्र होइन, अन्य सयौं प्रकारका घातक एसिड तथा प्रोटिनहरु, जसको सम्मिश्रण बिसैलो बन्न जाने गर्छ, लाई सरीसृपहरुले आफ्नो शरीरमा भण्डारण गर्ने गर्दछन् ।

२. ती सरीसृपहरुमध्ये सर्पहरु बढी सक्रिय तथा ठूलो मात्रामा ती रसायनहरू आफूमा समाहित गरिरहेको कुरा आधुनिक वैज्ञानिक अध्ययनबाट प्रष्ट देखिन्छ । यसले गर्दा उनीहरूबाट वातावरण सन्तुलन कायम राख्न विशेष भूमिका निर्वाह गर्ने गरेको हुन्छ । सर्पहरूको तुलनामा अन्य प्रकारका सरीसृपहरुले थोरै मात्रामा गर्ने गर्छन् । 

Advertisement

३. हिन्दू संस्कृतिमा वातावरण संरक्षणलाई प्राथमिकताको आधारमा स्थान दिएको भेटिन्छ । यस्तै, कारणहरुले गर्दा हिन्दू संस्कृतिमा पनि सर्पको विशेष पूजाआजा गरेर चाडपर्वहरुको सुरुवात भएको हुनुपर्छ भनेर हिन्दु ग्रन्थका विद्वान् विदुषीहरुले लेखेका प्रकाशनहरुमा भेटिन्छ । महाभारतमा आउने श्रीकृष्णसँगको पहिलो नागीय युद्दभन्दा अगाडि नै तिनीहरूको पूजा गर्ने चलन थियो भन्ने कुरा स्वतः स्पट नै देखिन्छ । (कुन्ती नागराज वंशकी थिइन् ?)

४. विषेशगरी मानव क्रियाकलापका कारण प्राकृतिक स्रोत साधनको अभावमा मात्र होइन, दैनिकरूपमा समेत मौसम तथा हावापानीमा आएको परिवर्तनले सयौं प्रकारका   जीवआत्माहरुको अस्तित्व जोखिममा परेका छन् र सयौं सधैका लागि लोप हुन बाध्य भएका छन् । 

५. आजको युगमा हाम्रो वातावरणलाई जीवन्त राखी राख्न पनि सरिसृपहरुको रक्षा गर्नु हाम्रो एउटा कर्तव्य हुन गएको छ । बाँच्न पाउने उनीहरूको अधिकारको पनि हो । हाम्रो धर्म, संस्कृति, परम्परा, चाल चलनले पनि यो कुरालाई समर्थन गर्दै आएको कुरा खुसीको कुरा हो । गर्वको विषय हो । 

६. हाल हामीले बुझ्ने गरेको नागपञ्चमी मात्र सरीसृपहरुको (स्मरणीय छ, नागलाई केन्द्रमा राखिएको छ) पूजा हो । अहिलेको बदलिँदो वातावरणमा झन् यसको महत्व रहेको देखिन्छ । यसरी उनीहरूको अस्तित्वलाई सम्मान, आदर र माया गर्नु हो । हामी नेपालीहरुको यो एउटा विशेषता पनि हो । नागपञ्चमीको हार्दिक शुभकामना सबैमा । 

Advertisement

Advertisement