कांग्रेस र एमालेको चेपुवामा बालेन, फोहोर व्यवस्थापनमा असहयोग, पार्टीमा भित्राउन भने लालयीत

Advertisement

काठमाडौं । चुनाव नजिकिँदै गर्दा राजधानीको महानगरपालिका काठमाडौंका मेयर बालेन्द्र  (बालेन) शाहलाई आफ्नो पार्टीमा भित्राउन ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले प्रलोभनसँगै दबाब बढाएका छन् । 

यसअघि कांग्रेसका महामन्त्री गगन थापाले पटक पटक बालेन शाहलाई भेटेर आफ्नो पार्टीमा प्रवेश गर्न दबाब दिएका थिए । तर बालेनले आनाकानी गर्दै आएका थिए । काठमाडौं क्षेत्र नं. ४ बाट पुनः विजयी हुन चुनौति थपिएपछि गगनले बालेनलाई पार्टीमा भित्राएर आफ्नो पक्षमा माहौल बनाउने प्रयास गर्दै आएका छन् । सोही क्रममा उनले आफूलाई भावी प्रधानमन्त्रीको रुपमा पनि प्रस्तुत गरेका छन् । तर बालेनको आनाकानीले गर्दा उनीसहित कांग्रेस नेताहरु रुष्ट बनेका छन् । 

Advertisement

त्यही क्रममा आज आइतबार संसदको सबैभन्दा ठूलो दल एमालेका नेता योगेश भट्टराईले बालेनलाई आफ्नो पार्टीसँग सहकार्य गरे मात्रै फोहोर व्यवसायनमा सहयोग गर्ने सार्वजनिकरुपमा प्रतिक्रिया दिएका छन् । 

संसदमा उनले फोहोर व्यवस्थापनको योजनासहित आउन बालेनलाई आग्रह गर्दै सत्तापक्षबाट सहयोग नभए पनि आफूहरु सहयोग गर्न तयार रहेको बताएका थिए । भट्टराईले भिजनका साथ आए बालेनलाई एमालेले पूर्ण क्षमताका साथ सहयोग गरेर सफल बनाउने बताए । 

पछिल्लो समयमा कांग्रेस, एमाले र माओवादी केन्द्रको असहयोगका कारण काठमाडौंको फोहोर व्यवस्थापन हुन नसकेको भन्दै ठूला दल र नेताहरुको आलोचना भइरहेको छ । ठूला दलका नेता कार्यकर्ताले भने बालेन काम गर्न असफल भएको भन्दै उनको आलोचना गरिरहेका छन् । केही दिनअघि राति फोहोर बोकेर नुवाकोटस्थित बन्चरेडाँडा गएका फोहोरका गाडिहरु पार्टीका स्थानीय कार्यकर्ताले तोडफोड गरिदिएका थिए । त्यसपछि प्रहरी लगाएर थोरै मात्रामा फोहोर लैजाने काम भइरहेको छ । 

Advertisement

Advertisement