अभियान लघुवित्तको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त

Advertisement

काठमाडौँ । अभियान लघुवित्त वित्तिय संस्था र कुमारी क्यापिटल लिमिटेडबीच शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सम्झौता भएको छ । 

आज एक कार्यक्रमका बीच कुमारी क्यापिटलका पुष्प शर्मा र अभियान लघुवित्तका रोशनकुमार अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । 

Advertisement

सम्झौतासँगै अब धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरधनिहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्यहरु कुमारी क्यापिटल लिमिटेड, नागपोखरी, नक्साल, काठमाडौं मार्फत उपलब्ध गराउने क्यापिटलले जनाएको छ । 

अभियान लघुवित्तले ७ वटै प्रदेशका २१ जिल्लामा रहेको ६० वटा शाखा मार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ । राष्ट्रिय स्तरको अभियान लघुवित्त वित्तिय संस्था लिमिटेडले सर्वसाधारण लाई शेयर जारी गरे पश्चात चुक्ता पूँजी रु. २५ करोड पुर्याएको छ ।
 

Advertisement

Advertisement