Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाले नगरभित्र राखिएका अनधिकृत होकिङबोर्ड र संरचनाहरु हटाउन सुरु गरेको छ । 

उनले सुन्धारास्थित काठमाडौं मलमा बनेको अनधिकृत संरचना भत्काएर यसको सुरुवात गरेका हुन् । बुधबार बिहान डोजरसहित महानगरको टोली लिएर गएका बालेनले अनधिकृत संरचना हटाएका हुन् । 

Advertisement

यसअघि अण्डरग्राउण्ड पार्किङका लागि स्वीकृति लिएर सटर निकाली अनधिकृतरुपमा पसल भाडामा लगाउने बानेश्वर क्षेत्रका संरचना भत्काउन थालेका बालेनले अहिले अनधिकृत संरचना र होडिङ बोर्ड हटाउन थालेका हुन् । 

काठमाडौं मलअगाडि संरचना भत्काउने क्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयकी प्रमुख मिरा राणा पनि सहभागी थिइन् । काठमाडौं मल कर्मचारी सञ्चय कोषले निर्माण गरेर भाडामा लगाएको छ । 

भवन ठेक्कामा लिनेले महानगरसँगको सम्झौताविपरित पार्किङका लागि असुविधा हुनेगरी संरचना बनाउने र होडिङ बोर्ड राखेर भाडा उठाउँदै आएको थियो । 

Advertisement

Advertisement