नागरिकताबारे सेनासँग राष्ट्रपतिले परामर्श गर्न मिल्दैन्ः बाबुराम, विदेशी राजदूतसँग गर्ने त ? – आचार्य

Advertisement

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले नागरिकता विधेयकबारे राष्ट्रपतिले सैनिक अधिकारीहरुसँग छलफल गर्न नमिल्ने प्रतिक्रिया दिएसँगै एक जना राजनीतिक विश्लेषक डा. सूर्यराज आचर्याले त्यसको कडा प्रतिवाद गरेका छन् । 

भट्टराईले सामाजिक सञ्जालमा लेख्दै नागरिकता विधेयकबारे सैनिक अधिकारीहरुसँग परामर्श गर्ने स्वविवेकीय अधिकारी राष्ट्रपति भण्डारीलाई नरहेको बताउँदै राष्ट्रपतिले चुनावको मुखमा अमुक दल र नेतालाई सघाउन खोजेको आरोप लगाएका छन् । 

Advertisement

त्यसको प्रतिक्रियामा पूर्वाधारविद्समेत रहेका आचार्यले नागरिकता विधेयकबारे विदेशी राजदूत र तिनका लोकस आसेपासे नेताहरुलाई नभएको चिन्ता राष्ट्रपतिलाई किन भएको होला भन्दै व्याङ्ग्यत्मकरुपमा आलोचना गरेका छन् । 

भट्टराई लेख्छन्, नागरिकता विधेयकलाई जोडेर राष्ट्रपतिले सैनिकरपूर्वसैनिक अधिकारीसंग ‘परामर्श’ गरेको खबर सॅाचो होभने त्यो नेपालको संविधान अनुकूल भएन।नेपालको संविधानले राष्ट्रपतिलाई कहींकतै स्वविवेकीय अधिकार दिएको छैन।चुनावको मुखमा’राष्ट्रवादी’ उत्तेजना फैलाएर अमूक दल तथा नेतालाई सघाउन खोजेको भए झन् भएन !’

प्रतिउत्तरमा आचार्य लेख्छन्, ‘हो नि ! यत्रो जनचासोको र राष्ट्रिय सुरक्षासँग समेत सम्बन्धित हुन सक्ने विषयमा सैनिकरपूर्वसैनिक अधिकारीसँग छलफलरपरामर्श किन गर्नु परेको ? गर्नै परे बरु विदेशी राजदूतहरु र तिनका लोकल आसेपासेसँग गर्दा भैहाल्थ्यो।
दलका यत्रा घाघडान नेतालाई चासो नभएको कुरामा ‘जाबो’ रापलाई किन चिन्ता ?😜’

Advertisement

Advertisement