नक्सासहित २४ घण्टाभित्र उपस्थित हुन विशाल बजारलाई निर्देशन, बिरा कम्प्लेक्समा व्यापारीको अवरोध

Advertisement

काठमाडौं । अनधिकृतरुपमा निर्माण भएका संरचना भत्काउने र शहरलाई व्यवस्थित बनाउने अभियानमा लागेको काठमाडौं महानगरपालिकाले विशाल बजार भवनको नक्सा २४ घण्टाभित्रमा वडा कार्यालयमा पेश गर्न निर्देशन दिएको छ ।

सोमबार महानगरको टोलीले विशाल बजारको स्थलगत अनुमगन गर्दै बेसमेन्टमा रहेको पसलहरु अनधिकृत रहेको र भवनको नक्सा समेत नरहेको पाइएपछि तत्काल नक्सा लिएर वडा कार्यालयमा आउन निर्देशन दिएको हो ।

Advertisement

कम्पनीका प्रतिनिधिले भने बेसमेन्टमा रहेका पसलहरु वैधानिक रहेको दावी गरेका थिए । 

त्यस्तै, न्यूरोडको सुरज आर्केडको बेसमेन्टमा रहेका पसल खाली गराएर बिरा कम्प्लेक्स पुगेको महानगरको टोलीलाई व्यापारीले अवरोध गरेका छन् । त्यस क्रममा महानगर प्रहरी, नेपाल प्रहरी र व्यवसायीबीच तनावसमेत सिर्जना भएको थियो । 

कम्प्लेक्सको अवैध संरचना अनुगमन गर्न पुगेको सरकारी टोलीलाई व्यापारीहरुले अण्डरग्राहउण्ड पार्किङको मुखैमा रोक्ने प्रयास गरेका थिए । उक्त कम्प्लेक्सले अवैधरुपमा अण्डरग्राहउण्ड पार्किङ भाडामा लगाउँदै आएको छ । 
 

Advertisement

Advertisement