पाकिस्तानमा विनाशकारी बाढी, देशको झण्डै एकतिहाई भूभाग डुवानमा

Advertisement

एजेन्सी । पाकिस्तानमा विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । बीबीसीका अनुसार अकल्पनीय बाढीले एक तिहाइ भूभाग पूरै डुवानमा परेको पाकिस्तानकी जलवायु मन्त्रीले बताएकी छन् । 

बाढीले सडक तथा घरहरू बगाउनुका साथै बालीनाली नष्ट गरिदिएको छ । 

Advertisement

मनसुन सुरु भएपछि पाकिस्तानमा बाढी पहिरोका कारण ज्यान गुमाउनेको सङ्ख्या एक हजार १३६ पुगिसकेको स्थानीय अधिकारीहरूको भनाई छ । उनीहरुले यस पटक बाढीले अकल्पनीय र ठूलो क्षति भोग्नुपरेको बताएका छन् । 

गएको २४ घण्टामा मात्र ७५ जनाको मृत्यु भएको छ यो संख्या बढ्नसक्ने देखिन्छ । मर्नेमध्ये एकतिहाई बालबालिका छन् । यस बाढीबाट करिब तीन करोड ३० लाख पाकिस्तानी प्रभावित भएको अनुमान गरिएको छ । 

पुल तथा सडकहरू बगेपछि गाउँहरूको सम्पर्क विच्छेद भएको छ भने धेरै मानिसलाई सुरक्षित स्थलतर्फ जान भनिएको छ। सरकारले उद्दार र राहतको प्रयास जारी राखे पनि त्यो सीमित मात्रै भएको छ । बाढीका कारण १० लाख घर नष्ट भएको अनुमान गरिएको छ । 

बाढीबाट जोगिन सफल मानिसहरु पालहरूमा जम्मा भएका छन् । तर उनीहरुका लागि खाने कुरा र अरु बन्दोबसीका लागि कुनै सुनिश्चितता हुन सकेको छैन् । बाढीले सिन्ध र बलोचिस्तान प्रान्त बढी प्रभावित भएको बीबीसीले उल्लेख गरेको छ । 

Advertisement

Advertisement