रुसको विशाल तेल कम्पनीका मालिकको रहस्यमय मृत्यु, आत्महत्या गरेको सरकारी दावी

Advertisement

एजेन्सी । रुसको विशाल तेल कम्पनी लुकओइलका अध्यक्ष राभिल म्यागानोभको मस्कोस्थित एक अस्पतालको झ्यालबाट खसेर ज्यान गएको दावी गरिएको छ । 

धेरैले रहस्यमयरुपमा लिएको र सरकारी दावीलाई विश्वास गर्न नसकेको यस घटनाबारे जान्ने प्रयास भइरहेको अनुसन्धान अधिकारीहरुले दावी गरेका छन् । 

Advertisement

म्यागानोभ ६७ वर्षका थिए । गम्भीर बिमारीपश्चात् उनको निधन भएको लुकओइलले दावी गरे पनि म्यागानोभ अस्पतालको झ्यालबाट आफै खसेको हुन वा हामफालेका हुन वा हत्या गर्न खसारिएको हो ? प्रष्ट हुन सकेको छैन् । 

रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनको निरंकुश शासन प्रणाली भएकाले जनताका अधिकारहरु कुण्ठित गरिनुका साथै सत्य समाचारहरु कम आउँछन् । रुसी सञ्चारमाध्यमहरूका अनुसार मस्कोस्थित सेन्ट्रल क्लिनिकल अस्पतालमा म्यागानोभको उपचार भइरहेको थियो र उनको चोटपटकका कारण मृत्यु भएको हो ।

बीबीसीका अनुसार रुसमा चर्चित व्यापारीहरूको रहस्यमय मृत्युका शृङ्खलाबद्ध घटनामा म्यागानोभको मृत्यु पछिल्लो घटना हो । अस्पतालको छैटौं तलाबाट बिहीवार बिहान खसेका उनको आत्महत्या भनेर रुसी सरकारी सञ्चार माध्यमहरुले प्रकाशन र प्रसारण गरेका थिए । 

रुसले युक्रेन अतिक्रमण गरेलगत्तै लूकओइलको सञ्चालक समितिले द्वन्द्व सकेसम्म चाँडो अन्त्य गर्न आह्वान गरेको थियो। म्यागानोभकै कारण उनको कम्पनी विश्वकै ठूला ऊर्जा कम्पनीमध्ये एक बन्न सफल भएको बताइन्छ । 

Advertisement

Advertisement