यती एअरलाइन्सले ल्यायो ‘डिस्काउन्ट पनि, क्यासब्याक पनि’ अफर

Advertisement

काठमाडौं । यती एअरलाइन्सले यात्रुहरुको आकर्षणको  लागि क्यासब्याक अफर ल्याएको छ । एअरलाइन्सले हवाई टिकट मोबाइल एप वा वेभसाइटमार्फत् खरीद गर्दा तीनसयदेखि एक हजार रुपियाँसम्मको क्यासब्याक हुने योजना ल्याएको हो । 

यती एअरलाइन्सले डिजिटल वालेटहरुसँगको सहकार्यमा ‘डिस्काउन्ट पनि, क्यासब्याक पनि’ अफर ल्याएको छ । यो हालसम्मकै धेरै धनराशीको क्यासब्याक भएको कम्पनीको दाबी छ । 

Advertisement

भाद्र १८ देखि ३० गतेभित्र मोबाइल एप वा वेभसाइटबाट टिकट खरीद गर्दा यात्रुहरुलाई टिकट सस्तो पर्ने एअरलाइन्सले जनाएको छ । यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार हवाई इन्धनमा भएको मूल्यवृद्धि तथा विमानस्थल सेवा शुल्कमा भएको परिवर्तनले टिकटको मूल्य बढेको अवस्थामा यो क्यासब्याक अफरले केही मात्रामा भए यात्रुलाई राहत दिने बताए । 

यो अफरको प्रभावकारिताका आधारमा भदौ ३० पछि पनि योजनालाई निरन्तरता दिन सकिने उनले बताए । डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न र यात्रुहरुलाई तत्कालै लाभ हुने सुविधा दिनका लागि यो अफर ल्याइएको एअरलाइन्सको भनाई छ । 

यस अफरअन्तर्गत, फ्लाइट बुकिङमा एक हजार रुपियाँ सम्मको रकम छुट र क्यासब्याक गरी तत्कालै तर अलग–अलग प्राप्त हुनेछ । जसमा केही रकम बिलमा स्वतः घट्नेछ भने केही रकम बुकिङकर्ताको खातामा क्यासब्याक स्वरुप प्राप्त हुनेछ ।

Advertisement

Advertisement