मनोरञ्जन कर बुझाउन बालेनको क्यासिनोहरुलाई सात दिने अल्टिमेटम

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाले एक साताभित्र मनोरन्जन कर तिर्न सात वटा क्यासिनोलाई आइतबार पत्र काटेको छ ।

महानगरपालिकाले होटल म्यारियटको डेल्टिन, होटल अन्नपूर्णको क्यासिनो प्यालेस, होटल र्‍याडिसनको क्यासिनो र्‍याड, होटल हायातको प्राइड इन्टरनेशनल एण्ड रिक्रिएशन, होटल सोल्टीको माजोङ र मल्ल होटलको बेली क्यासिनोलाई कर तिर्न पत्र काटेको हो । 

Advertisement

क्यासिनो प्रवेशको मनोरन्जन कर पटक–पटक ताकेता गर्दा पनि सम्बन्धित संस्थाहरुले ४ वर्षदेखि नतिरेको भन्दै महानगरपालिकाका मेयर बालेन शाहले नियमानुसार तोकिएको मनोरञ्जन कर र सोको जरिवानासहित ७ दिनभित्र कर चुक्ता गर्न, नगरे महानगरको राजश्व ऐन अनुसार कारबाही गरिने चेतावनी दिएका छन् । 

क्यासिनोहरुले प्रतिव्‍यक्ति प्रवेशवापत ५० रुपियाँ राजस्व महानगरलाई बुझाउनुपर्छ । 

Advertisement

Advertisement