माइपे डिजिटल वालेटले राधे राधेदेखि धुलिखेलसम्म गर्यो राइड कार्यक्रम

Advertisement

काठमाडौं । माइपे डिजिटल वालेटले आयोजना गरेको राइड कार्यक्रम ‘सजिलो प्रिजेन्स माइपे राइड विथ एम आर बी’ सम्पन्न भएको छ ।

गत शनिबार सम्पन्न उक्त मोटरसाइकल राइड कार्यक्रममा चर्चित मोटो भ्लोगरसँगै राइड मन पराउने २०० भन्दा बढी राइडरको सहभागिता रहेको थियो । राइडमा नेपालमा विभन्न भागबाट आएका राइडरहरुको सहभागिता रहेको थियो । 

Advertisement

माइपेका प्रमुख कार्यकारी अधिकृत मनोज मेहताको अध्यक्षतामा सम्पन्न उक्त राइड कार्यक्रममा भक्तपुरको राधे राधे देखि काभ्रेको धुलिखेलसम्म पुगेको थियो । चर्चित मोटो भ्लोगर विविदजंग थापा (एम आर वि) सँगै नायिका स्वस्तिमा खड्का, नायक नीराजन प्रदानको समेत उपस्थिती रहेको थियो । कार्यक्रममा र्याप समूह ट्रिपी ग्याङ तथा सन्दर्भ ब्यान्डले लाइभ प्रस्तुति समेत दिएका थिए ।

उक्त अवसरमा माइपे का सिइओ मेहताले नेपाली युवाहरु माझ लोकप्रिय माइपे वालेटले आगामी दिनमा समेत युवाहरुको चहाना र आवश्यकतालाई मध्येनजर गर्दै थप सुविधाहरु थप्दै लगिने जानकारी दिए । 

यस्तै राइड कार्यक्रमलाई सम्बोधन गर्दै माइपेका विजनेस तथा मार्केटिङ हेड रोशन सिग्देलले युवाहरुमाझ लोकप्रिय बन्दै गएको माइपे वालेटले युवाहरुकै इच्छा बमोजिम राइड कार्यक्रम आयोजना गरेको बताए ।

नेपाली राइड सियरिङ एप सजिलोका प्रमुख कार्यकारी अधिकृत अमिर लामाले युवाहरुलाई नयाँ अनुभवको अवसर दिएको तथा आफूपनि यस कार्यक्रममा सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । सहभागी राइडरहरु अहिलेसम्मकै उत्कृट राइडको अनुभव रहेको बताएका थिए ।

डिजिटल भुक्तानीप्रति जनचेतना अभिवृद्धि गर्ने, ट्राफिक नियमको पालना सम्बन्धी जनाकारी गराउँने साथै आन्तरिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले राइडको आयोजना गरिएको माइपेको भनाइ छ ।


 

Advertisement

Advertisement